सम्झेर रातमा लेखिएको त्यहि गजल अन्तिम थियो डुवेर यादमा लेखिएको त्यहि गजल
अन्तिम थियो नलेखौं भन्थें मिठो मिठो वचन सम्झिएर तिम्रै दवावमा लेखिएको
त्यहि गजल अन्तिम थियो तिमि र म कुनै पल रुझिरहने ठाँऊमा एक्लै वर्षादमा
लेखिएको त्यहि गजल अन्तिम थियो रातभरी सपनिमा तिम्लाई देखेपछि शुभप्रभातमा
लेखिएको त्यहि गजल अन्तिम थियो
#####
कहिले बाडुल्की बनी किक्क गरिदिन्छाै!!
कहिले अाँखाबाटअाँसु बनी झरीदिन्छाै!!
नसम्झेको कुनै क्षण छैन तिमिलाई मैले
जति नजिकिन्छु म तेति पर सरिदिन्छाै!!
#####
जीवनमा पिडा परे पनि तिमीलाई मैले नराम्रो सोचिन
यति ठुलो संसारमा तिमीलाई छोडेर मैले अर्को रोजिन।
माया, प्रेम भन्ने कुरा एउटा सित पो साटिन्छ त सानु!
भुल तिम्रै थियो हो तर कहिले मैले तिमीलाई दोष्याइन।।
सचिन खवास "प्रयास"
यति ठुलो संसारमा तिमीलाई छोडेर मैले अर्को रोजिन।
माया, प्रेम भन्ने कुरा एउटा सित पो साटिन्छ त सानु!
भुल तिम्रै थियो हो तर कहिले मैले तिमीलाई दोष्याइन।।
सचिन खवास "प्रयास"
#####
बाचा किन गर्यौ भन्थेँ,तोड्न रैछ प्यारी!
अलपत्र पारी यात्रा ,छोड्न रैछ प्यारी!
सिकाएर गयौ पाठ कथा जिन्दगीको।
साह्रो गाह्रो पर्दा बाटो मोड्न रैछ प्यारी!
अलपत्र पारी यात्रा ,छोड्न रैछ प्यारी!
सिकाएर गयौ पाठ कथा जिन्दगीको।
साह्रो गाह्रो पर्दा बाटो मोड्न रैछ प्यारी!
#####
तिमीलाई अाफ्नाे बनाउन मैले नखाेजेकाे हाेईन
तिम्राे काेमल हात समाउन मैले नखाेजेकाे हाेईन
तिमीले नै धाेका दिएपछि कसकाे पाे के लाग्छ र
तिमीसँगै प्रेमदिवस मनाउन मैले नखाेजेकाे हाेईन!!!
#####
हुलमा परी मरेकालाई पनि सहिद् मानी गन्नुपर्ने
सायद हाम्रै देशमा मात्र यस्तो नाटक चल्छ होला
नेताले सधैं कुस्ती खेल्दा जन्ता मुकदर्शक बन्नुपर्ने!!
चेतनाथ दाहाल
#####
सम्झनाका छालहरु उर्लिएर थेग्न सकिन
परेलीको बारले अश्रु बर्षात छेक्न सकिन
बोलचाल बन्दपछि पत्रहरु पठाउन खोजे
थरथरी हात काँपे दुइ शब्द लेख्न सकिन
✍️
अमृत कार्की
परेलीको बारले अश्रु बर्षात छेक्न सकिन
बोलचाल बन्दपछि पत्रहरु पठाउन खोजे
थरथरी हात काँपे दुइ शब्द लेख्न सकिन
✍️
अमृत कार्की
#####
डुब्न मनछ तिम्रो प्रेमको नशामा जे मगाउॅछौ मगाऊ
मेरो प्रबेश पछि मात्र दिलमा डरको चुकुल लगाऊ
हरेक चाॅदनी रातमा आउॅने गर्नु गजलका सेर बनेर
म अक्षरहरुको खेती गर्छु तिमी भावको भोक जगाऊ
Prabha Devi Paudel
मेरो प्रबेश पछि मात्र दिलमा डरको चुकुल लगाऊ
हरेक चाॅदनी रातमा आउॅने गर्नु गजलका सेर बनेर
म अक्षरहरुको खेती गर्छु तिमी भावको भोक जगाऊ
Prabha Devi Paudel
#####
बनाएर आफ्नो यहाँ रुलाउछ्न मान्छे
मीठो मुखले जहर पनि खुवाउछ्न मान्छे
मौसम भन्दा चाडै बद्लिने पनि मान्छे नै हुन
मारेर खान्छ्न अनि मुर्दा छुँदा नुहाउछ्न माम्छे
कविता शर्मा
मीठो मुखले जहर पनि खुवाउछ्न मान्छे
मौसम भन्दा चाडै बद्लिने पनि मान्छे नै हुन
मारेर खान्छ्न अनि मुर्दा छुँदा नुहाउछ्न माम्छे
कविता शर्मा
#####
आशा जगाई राख्नु एक दिन अवश्य आउँछ
भरोसा दिलाई राख्नु एक दिन अवश्य आउँछ
जिउँने आधार जीवनको आफ्नै सोच हो त्यसैले
निराशा दवाई राख्नु एक दिन अवश्य आउँछ।
बृन्दा ढुंगाना
भरोसा दिलाई राख्नु एक दिन अवश्य आउँछ
जिउँने आधार जीवनको आफ्नै सोच हो त्यसैले
निराशा दवाई राख्नु एक दिन अवश्य आउँछ।
बृन्दा ढुंगाना
#####
धागो अल्झिन्छ- गाँठो पर्छ, टुटाउन पनि सकिन्छ
चिसो दाउरा- बल्दैन, झिँजा जुटाउन पनि सकिन्छ
मान्छेको मन भनेको'नि, माटो जस्तै त होनि हजुर
मुछेर डल्लो पार्यो- सुकायो, फुटाउन पनि सकिन्छ!
✍️प्रमोद भट्टराई 'प्रतीक'
चिसो दाउरा- बल्दैन, झिँजा जुटाउन पनि सकिन्छ
मान्छेको मन भनेको'नि, माटो जस्तै त होनि हजुर
मुछेर डल्लो पार्यो- सुकायो, फुटाउन पनि सकिन्छ!
✍️प्रमोद भट्टराई 'प्रतीक'
#####
कसैको माया वरिपरि घुम्छ किन होला
उसैको छायाँ मलाई नै चुम्छ किन होला
सुगन्धित बासनामा भमरा झैँ लोभिएर
कहिले दायाँअनि बायाँ झुम्छ किन होला
Ananta Ghimire
उसैको छायाँ मलाई नै चुम्छ किन होला
सुगन्धित बासनामा भमरा झैँ लोभिएर
कहिले दायाँअनि बायाँ झुम्छ किन होला
Ananta Ghimire
#####
जीवन भित्र अनौठो कहानी रहेछ
कहानी भित्र भित्रै जवानी रहेछ
बल्ल – बल्ल फूलेर झुल्न नपाउँदै
काँडा बीचको फूल त्यो नादानी रहेछ
छाती भरि भरि फूल्न त फूल्यो तर
पहाड किन रोज्यो विरानी रहेछ
विहानीपख सूर्यको किरण सँगसँगै
फूल्नै नपाइ झर्ने जिन्दगानी रहेछ
जिन्दगी यस्तै हो भँवराले छोडेपछि
जहाँ फूल्यो त्यहीँ माटो सिरानी रहेछ ।
कहानी भित्र भित्रै जवानी रहेछ
बल्ल – बल्ल फूलेर झुल्न नपाउँदै
काँडा बीचको फूल त्यो नादानी रहेछ
छाती भरि भरि फूल्न त फूल्यो तर
पहाड किन रोज्यो विरानी रहेछ
विहानीपख सूर्यको किरण सँगसँगै
फूल्नै नपाइ झर्ने जिन्दगानी रहेछ
जिन्दगी यस्तै हो भँवराले छोडेपछि
जहाँ फूल्यो त्यहीँ माटो सिरानी रहेछ ।
#####
कहा लुकिगयाे खै चङ्गा सपनाकाे, लत्पतिएकाे देख्छु रङ्ग सपनाकाे, के यहि नै
थियाे त हिड्न चाहेकाे बाटाे, कि लड्बडाएकाे हाे ढङ्ग सपनाकाे, बन्नुथ्याे
जाे उडान, याे युगकाे याे जुगकाे, अाफै पाे काटेछु पंख सपनाकाे, अब
चिच्याएर के जाग्थ्याे र अात्मा, जब शुन्य शुन्य भाे अङ्क सपनाकाे,
#####
अनायास दिएँ तिमीलाई , पहिलो चोखो प्रीति , एकतर्फी गरियो निर्णय , भुलेछु
लिन सम्मति । तस्बिर मात्र देखेको हो , भेट हाम्रो छैन , भेटेर फूल दिने
मन छ , दिन्छौ कि अनुमति ? मेरो रोजाइ सिर्फ तिमी , अरू कोही छैन , दिल
माग्न धेरै अाए , दिइन कसैलाई स्वीकृति । सुख दु:ख सँगै काटौँला, ठूलो चाह
छैन , सूर्य भइ म उदाउँला , तिमी बन धर्ती । राजकुमार राई
#####
मनैडुल्छ सारै सँभालौँ कसोरी ? छ भोको सँधैको म पालौँ कसोरी ? पलैमा धरामा
पलैमा गगनमा सबैमार्ग यस्को म टालौँ कसोरी ? न कानून लाग्ने न बाँधेर
बस्ने नयाँ मार्ग अर्को म चालौँ कसोरी ? गरीज्यान कब्जा मजाले बसेछ
निकालेर टाढा म फालौँ कसोरी ? पवनझैँ मलाई उडाई रहन्छ दियोजिन्दगीको म
बालौँ कसोरी ?? युसुफदिन मियाँ ‘पाल्पाली’
#####
बिछोडका ती आँसु बगाएर के पायौ दियो भै आफैलाई जलाएर के पायौ । आफ्नै दुखको केहि उपचार पाईनौ दुनियाँको पीडालाई उठाएर के पायौ । जस्कोलागी लेखेउ तिमी उसैले सुनेन त्यो गितलाई मंचमा सुनाएर के पायौ । अधेरीको जुनलाई साथी तारा नै हुन्छ दिनको घामलाई मन पराएर के पायौ । पन्थी बजेरी अर्जुन
#####
डुब्न मनछ तिम्रो प्रेमको नशामा जे मगाउॅछौ मगाऊ
मेरो प्रबेश पछि मात्र दिलमा डरको चुकुल लगाऊ
हरेक चाॅदनी रातमा आउॅने गर्नु गजलका सेर बनेर
म अक्षरहरुको खेती गर्छु तिमी भावको भोक जगाऊ
Prabha Devi Paudel
मेरो प्रबेश पछि मात्र दिलमा डरको चुकुल लगाऊ
हरेक चाॅदनी रातमा आउॅने गर्नु गजलका सेर बनेर
म अक्षरहरुको खेती गर्छु तिमी भावको भोक जगाऊ
Prabha Devi Paudel
#####
न तस्वीर साथमा राख्नु, न मलाइ यादमा राख्नु, म फाेका त हु समयकाे, न
सपनाकाे फाँटमा राख्नु, कति घाइते भेट्याै हाेला, मलाइ हताहतमा राख्नु, म
सायद अब भेटिदैन, मलाइ मनको घाटमा राख्नु,
#####
फालिएको खानामा स्वाद भेटाउने भोको पेटलाइ सम्झिए ।
फेरि झ्वाटै धनिहरुको विशाल तर बाझो खेतलाइ सम्झिए ।
बालकहरु स्कुलमा होइन, फोहोरमा आफ्नो भविष्य खोजेको भेट्दा,
दैव छ भन्छन सबैले, त्यसैले त दैवले गरेको बिभेद्लाइ सम्झिए ।
झुत्रो कपडाले लाज छोपी सडक पेटिमा सुतेको देख्दा,
गरिबको सपना कुल्चने ती धनिको लाखौंको बेड्लाइ सम्झिए ।
दुखिहरु दुखिनै छन, सुख शान्ति हराएको पाउदा,
बुद्ध बसि ध्यान गर्ने त्यो पिपलको सितल फेदलाइ सम्झिए ।
सुमन लिम्बू
#####
केही गुनासो छ मेरो जिन्दगीसंग म नभएको फोटो लिएछ तिमीसंग बिस्तारै बगाउँछ आँसु एउटा दुखी बेस्सरी पर्छन् छिटा अर्को दुखीसंग लेखेर यति ॠणी हुन्छु थाहा थेन तिर्न नमिल्ने ॠण लिएछु मसीसंग मेरै दिल बगर जस्तो भइसक्यो मेरै आँखा टक्कर गर्छन् नदीसंग @दिल दिल प्रकाश मगर
#####
केही नाता यो संसारमा खास हुन्छ,
हावाको सासमा पनि अनुभव हुन्छ,
यो मुटुको इच्छा अरु के हुन्छ र,
टाढा रहेर पनि तिम्रै पास हुन्छ ।
#####
खडेरी छ ए बस्ती डर राख्नुपर्छ ।
यो आगो हो पागल खबर राख्नुपर्छ ।
अझै गर ए गाउँ सकुन्जेल उब्जा ,
बचाएर तैले शहर राख्नुपर्छ ।
यहाँ गिट्टी कुट्ने त अवसर मिलोस् क्यै,
नदी तैले ढुङ्गे बगर राख्नुपर्छ ।
तिमीलाई देख्ने सबै यस्तो भन्छन् ,
सुराको सूचीमा नजर राख्नुपर्छ ।
फलाम तेरो आउँछ ज्यावल हुने दिन,
यो आरन यो घन माथि भर राख्नुपर्छ ।
by -टीका खड्का `राष्ट्रप्रेमी´